पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु 



Download our app to get more features

काठमाडौं, १२ मंसिर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। 

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
यसअघि बिहिबार पनि २३ जना संक्रमितको मृत्यु भएको थियो। 

एकै दिन १ हजार ७ सय ३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। गत २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ। 

नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख १० हजार ४ सय ६० लाख पुगेको मन्त्रालयले जनाएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts