स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयको निर्देशन



Download our app to get more features

काठमाडौं, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन अस्पतालहरुलाई निर्देशन दिएको छ।

मन्त्रालयले एक सुचना जारी गर्दै कोरोना महामारीमा खटिने सबै कर्मचारीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन आग्रह गरेको छ।

असोज मसान्तसम्म ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम निकासा भइसकेको र कात्तिक महिनाको भुक्तानीको क्रममा रहेको मन्त्रालयलका सह—प्रवक्ता द्दारा जारी सुचनामा भनिएको छ।

कोभिड संक्रमितहरूको प्रति बिरामी प्रति दिनका हिसाबले असोज मसान्त सम्मको ६६ करोड ८७ लाख ४५ हजार रूपैयाँ रकम (जोखिम भत्ता समेत समावेश गरी) निकासा भइसेको छ र कार्तिक महिनाको रकम भुत्तानीको क्रममा रहेको छ,’ जारी सुचना भनिएको छ, ‘भुक्तानी भएको सोही रकम भित्रै स्वास्थ्यकर्मीहरूको जोखिम भत्ता समावेश गरी पठाइएको छ।’

विभिन्न अस्पतालका स्वास्थ्यकर्मीले जोखिम भत्ता तथा तलव नदिएको भन्दै केहि समय देखि आन्दोलित बन्दै आएका थिए।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts