कोरोना महामारी नियन्त्रणका लागि नेपालसँग समन्वय गर्न भारत सँधै तयारः विदेश सचिव श्रृंगला

काठमाडौं, १२ मंसिर । भारतले कोरोना महामारीको विषयमा दुबै देशबीच समन्वय गर्नका लागि सँधै तयार रहेको बताएको छ ।
नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले कोभिड–१९ को सम्बन्धमा दुई मुलुकको बिचमा सहकार्य गर्ने र सहयोग आदानप्रदान गर्ने सम्बन्धमा भारत सँधै तयार रहेको बताए ।
उनले भारतले दुई हजार थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गरेको जानकारी दिँदै कोभिडको खोप बनेपछि नेपाललाई उच्च प्राथमिकतामा राखेर दिने पनि बताए ।
सबैभन्दा बढी खोप उत्पादन गर्न लागेको जानकारी पनि भारतीय विदेश सचिव श्रृंगलाले दिए ।
Last modified on 2020-11-27 12:07:16