मोरङका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु



Download our app to get more features

सुनसरी, १२ मंसिर । धरानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङ बेलबारीका ७६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मंसिर २ मा कोरोना पुष्टि भएका ती पुरुषलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

मृत्यु भएका पुरुषमा पहिलेदेखि नै मधुमेह र उच्च रक्तचापको समस्या भएको बताइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts