एनएमसीको विषेश परीक्षा आजबाट सुरु, पहिलोपटक कम्प्युटरबाट परीक्षा हुने



Download our app to get more features

काठमाडौं, १२ मंसिर । नेपाल मेडिकल काउन्सिलको विषेश परीक्षा आजबाट सुरु हुँदैन ।

इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पस, सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने काउन्सिलको विशेष परीक्षा आज र भोलि दुई सिफ्टमा हुने भएको छ ।

काउन्सिलका रजिष्ट्रार डा.कृष्ण अधिकारीका अनुसार पोष्ट ग्रेजुएट्स (पीजी) तह अध्ययन पुरा गरेका चिकित्सकहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न लागिएको बताए ।

उनले कोरोना महामारी शुरु भएयताको यो पहिलो विशेष परीक्षा रहेको भन्दै परीक्षामा ८ सय ४४ जनाले सहभागिता जनाउने बताए ।

डा. अधिकारीले काउन्सिलले पहिलो पटक कम्प्युटरबाट परीक्षा सञ्चालन गर्न लागेको पनि बताए । 

उनले आजको परीक्षा मध्यान्ह १२ बजेदेखि २ बजे पहिलो सिफ्ट र ४ बजेदेखि ६ बजेदेखि दोस्रो सिफ्टमा सञ्चालन हुन्छ भने भोलिको परीक्षा बिहान ९ बजेदेखि ११ बजेसम्म पहिलो, १ बजेदेखि ३ बजेसम्म दोस्रो र अपरान्ह ५ बजेदेखि ७ बजेसम्म तेस्रो सिफ्टमा परीक्षा सञ्चालन हुनेछ ।
 
विशेषज्ञ डाक्टर बन्नका लागि दिइने लाइसेन्स परीक्षा एक सय पूर्णाङ्कको हुन्छ । त्यसमा उत्तिर्ण हुनका लागि कम्तीमा ५० पूर्णाङ्क ल्याउनु पर्छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts