'भारतले कोरोना खोप आउने बित्तिकै  नेपाललाई सहयोग गर्छ’



Download our app to get more features

काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाले कोरोना भाइरसको खोपमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन् । 

सि‌हदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव शृङ्गलाले कोरोनाको खोप पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । सचिव शृङ्गलाले नेपाल–भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि नबिग्रिएको दाबी गरे । 

कोरोना महामारीमा एक अर्काको साथ नछोडेको भन्दै उनले , ‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरूलाई सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना उपचारमा प्रयोग हुने खोप आम रूपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो । हाम्रो दुईपक्षीय सम्बन्ध सभ्यतासँग जोडिएको छ । यो धेरै बलियो छ । जस्तै प्रतिकूल अवस्थामा पनि यो बिग्रिएको छैन । कोरोना महामारीमा पनि हामीले छोडेनौँ ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताए । 

सचिव शृङ्गलाले परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटपछि विदेश सचिव शृङ्गलाले भारत सरकारका तर्फबाट नेपाललाई सहयोग प्रदान गरेको दुई हजार भाइल रेम्डेसिभिरलगायत स्वास्थ्य सहायता हस्तान्तरण गरेकाछन् ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts