काठमाडौं उपत्यकामा ७८५ कोरोना संक्रमित थपिए, ७ जनाको मृत्यु

काठमाडौं, ११ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ३७ महिला र ४ सय ४८ महिला गरी ७ सय ८५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ६ हजार ३०२ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २०, ललितपुरमा १ सय १४ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको छ।
त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा मात्र ८५ हजार ७ सय ७२ जना संक्रमित भएका छन्, जसमध्ये ३ सय ३९ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार ७ सय ८९ छ।
ललितपुरमा १२ हजार ८ सय ४ जना संक्रमित भएका छन्। जसमा ९६ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार २ सय १४ जना निको भएका छन्।
भक्तपुरमा ७ हजार ७ सय २६ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ४८ जना निको भइसकेका छन्।