रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु



Download our app to get more features

रुपन्देही, ११ मंसिर । रुपन्देहीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिला रहेको बताइएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पालमा कात्तिक २८ गते भर्ना भएकी महिलाको बुधवार राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

गौतमका अनुसार मधुमेहका बिरामी रहेकी ती महिलामा कात्तिक १४ गते कोभिड निमोनिया देखिएको थियो । स्वास्थ्यमा थप जटिलता उत्पन्न भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts