डा. जगदीश अग्रवालको संयोगकत्वमा चिकित्सा शिक्षा ऐन र नियमावली संशोधन गर्न कार्यदल गठन

काठमाडौं, १० मंसिर । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा ऐन र नियमावली संशोधन गर्न त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डीन डा जगदीश प्रसाद अग्रवालको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
चिकित्सा शिक्षा ऐन तथा नियमावली संशोधन गर्न गठित उक्त कार्यदलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष गोमा निरौला, हेल्थ प्रोफेसनल काउन्सिल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका एक निर्देशक सदस्य रहेका छन्।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुईटेल कार्यदलको सदस्य सचिव रहेका छन्।
कार्यदलका संयोजक डा जगदीश अग्रवालले कार्यदललाई ऐन तथा नियमावलीमा संशोधन गर्नुपर्ने विषयबारे तीन महिनाभित्र सुझाव दिन भनिएको छ।
उनले सबै स्टेकहोल्डरहरलाई ऐन तथा नियमावलीमा के के विषय संशोधन गर्नुपर्छ भनेर सुझाव मागेको र स्वास्थ्य मन्त्रालयले सुझाव पठाइसकेको जनाएका छन् ।