देशभर १० हजार १ सय ८४ जना संक्रमित होम आइसोलेसनमा

काठमाडौं, १० मंसिर । देशभर १० हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
बुधबार १६ हजार ६ सय ३९ जना संक्रिय संक्रमित मध्य १० हजार १ सय ८४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ५ सय २५जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा १ हजार २ सय ४७, प्रदेश २ मा २ सय ७७, लुम्बिनी प्रदेशमा २ सय ८४, सुदूरपश्चिम प्रदेशमा २ सय २६, गण्डकी प्रदेशमा ६ सय २० र कर्णाली प्रदेशमा ६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।