काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिए, ८ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, १० मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५० पुरुष र ४ सय ८५ महिला गरी ८ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ५ हजार ५ सय १७ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ६ सय ३५ , ललितपुरमा १ सय १३ र भक्तपुरमा ८७ जनालाई  कोरोना संक्रमण देखिएको छ। 
त्यसैगरी, आज काठमाडौंमा ४, ललितपुर र भक्तपुरमा दुई÷दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमडौंमा मात्र ८५ हजार १५२ जना संक्रमित भएका छन्, जसमध्ये ३ सय ३५ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार १ सय ५७ छ।

ललितपुरमा १२ हजार ६ सय ९० जना संक्रमित भएका छन्। जसमा ९३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९८ जना निको भएका छन्। भक्तपुरमा ७ हजार ६ सय ७४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ६ जना निको भइसकेका छन्।

काठमाडौमा ७ हजार ६ सय ६०, ललितपुरम १ हजार ४ सय ९९ र भक्तपुरमा ५ सय ८० जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts