थप २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु, संख्या १३ सय ८९ पुग्यो

काठमाडौं, १० मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ सय ८९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ३ सय ८९ पुगेको छ ।
यस्तै हाल नेपालभर ३ सय ४५ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरि हाल नेपालभर १० हजार १ सय ८४ जना संक्रमित होम आइसोलेसनमा छन् ।