नेपालमा थप १९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर ९२ प्रतिशत

काठमाडौं, १० मंसिर । नेपालमा थप १९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार २ सय १० पिसिआर परीक्षण गरिएकोमा ७ सय ७४ महिला र १३ सय ८९ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको बताए ।
यस्तै गत २४ घन्टामा थप ३ हजार १ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ । यो दर कुल संक्रमितको ९२ प्रतिशत हो ।
हाल नेपालभर १६ हजार ६ सय ३९ जना आइसोलेसनमा रहेका छन् ।
Last modified on 2020-11-25 16:41:36