पोखरामा कोरोना संक्रमणको कारण ७६ वर्षीय पुरूषको मृत्यु



Download our app to get more features

पोखरा, १० मंसिर । कोकास्कीको पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

 पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूषको बुधबार बिहान ४ः४० बजे मृत्यु भएको हो ।

उनीमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४२ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए । 

Last modified on 2020-11-25 17:10:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts