कोरोना खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली पाउँछन



Download our app to get more features

काठमाडौं, ९ मंसिर । सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ । 

विश्वप्रति जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै खोप नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएकाहुन् ।  स्वास्थ्यमन्त्री ढकालले खोपको व्यवस्थापन र सहज उपलब्धताका लागि कानुन संशोधन गरेर सरकार अगाडि बढेको बताए । 

अहिले परीक्षणका क्रममा रहेका खोपहरू प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि सहज रूपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत कानुन संशोधन गरिएको उनले बताए ।

उनले भने, ‘औषधि व्यवस्थापन, उपलब्धताका लागि सहज होस् भनेर कानुनी रूपमा अध्यादेशबाट औषधि आयात गर्न सहज बनाइएको छ । खोप सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर, कानुनी अफ्ठ्यारो नपरोस् भनेर कानुनी बाटो खुला र सहज गरिएको हो । खोप अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्ने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल गरिनेछ ।’

मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरू म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताउनुभयो । उहाँले तरकारी, फलफुललगायतमा प्रयोग हुने कीटनाशक औषधिका कारण पनि मानवजीवनमा विभिन्न समस्या देखिने गरेको बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts