देशभर ६५१८ जना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, ९ मंसिर । देशभर ६ हजार ५ भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

मंगलबार १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमितमध्ये ६ हजार ५ सय १८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३ हजार ४ सय ९६ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा  २०९ सय ३८, प्रदेश २ मा ६०, लुम्बिनी प्रदेशमा १४०६, सुदूरपश्चिम प्रदेशमा २८२, गण्डकी प्रदेशमा ९५३ र कर्णाली प्रदेशमा ११२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts