काठमाडौं उपत्यकामा ९४७ कोरोना संक्रमित थपिए 



Download our app to get more features

काठमाडौं, ९ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख ४ हजार ६ सय ८२ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ९२, ललितपुरमा १ सय ९० र भक्तपुरमा ६५ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

हालसम्म काठमडौंमा मात्र ८४ हजार ५ सय १७ जना संक्रमित भएका छन्, जसमध्ये ३ सय ३१ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७६ हजार ४ सय ४२ छ।

ललितपुरमा १२ हजार ५ सय ७७ जना संक्रमित भएका छन्। जसमा ९१ जना संक्रमितको मृत्यु भएको छ भने १० हजार ८ सय ९७ जना निको भएका छन्।

भक्तपुरमा ७ हजार ५ सय ८८ संक्रमितमध्ये ८७ जनाको मृत्यु भएको छ भने हालसम्म ६ हजार ८९३ जना निको भइसकेका छन्।

काठमाडौंमा ७ हजार ७ सय ४४, ललितपुरमा १ हजार ५ सय ८९ र भक्तपुरमा ६ सय ८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर १ हजार ७ सय ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २४ हजार ७८ पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts