थप २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ३ सय ९३ जना आईसीयूमा

काठमाडौं, ९ मंसिर । नेपालमा थप २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या एक हजार ३ सय ६१ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशत हो ।
यस्तै हाल नेपालभर ५७ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् भने ३ सय ९३ जनाको उपचार आईसीयूमा भइरहेको छ ।