नेपालमा कोरोना संक्रमण पछि निको हुनेको दर ९१ प्रतिशत पुग्यो, थप १७ सय ९० संक्रमित



Download our app to get more features

काठमाडौं, ९ मंसिर । नेपालमा कोरोना संक्रमण पछि निको हुनेको दर ९१ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमण पश्चात स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ । यो दर कुल संक्रमितको ९१ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घन्टामा थप १७ सय ९० जनामा कोरोना पोजेटिभ देखिएको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा १० हजार ८ सय ४३ पिसिआर परीक्षण गर्दा ७ सय २१ महिला र १ हजार ६९ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

यस्तै हाल नेपालभर ६ हजार ५ सय १८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने ११ हजार ३ सय ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts