कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ सय ३७, ६३ जना भेन्टिलेटरमा उपचाररत

काठमाडौं, ८ मंसिर । नेपालमा थप १६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १६ जनाको कोरोना संक्रमणका कारण देशभर मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ । यो दर कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशत हो ।
यस्तै हाल नेपालभर ३ सय ६५ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।