नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार नाघ्यो, निको हुने दर ९० प्रतिशत



Download our app to get more features

काठमाडौं, ८ मंसिर । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख २२ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ३ सय ८१ पिसिआर परीक्षण गर्दा थप १९ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार २४ घन्टामा ७ सय ८९ जना महिला र ११ सय ९१ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमण पछि निको भएका छन् । योसँगै नेपालमा कोराना भाइरसको संक्रमण पछि निको हुनेको संख्या २ लाख २० हजार ६७ पुगेको छ । यो दर कुल संक्रमिताके ९० दशमलव ९ प्रतिशत हो ।

हाल नेपालभर १८ हजार ८ सय ८४ सक्रिय संक्रमित रहेका छन् । 

Last modified on 2020-11-23 16:56:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts