विदेश जानेहरूको कोरोना परीक्षण 'ए' लेभल प्रयोगशालामा मात्र हुने



Download our app to get more features

काठमाडौं, ८ मंसिर । सरकारले विदेश जाने व्यक्तिको कोरोना भाइरसको पीसीआर परीक्षण ए लेभेल प्रयोगशालामा मात्र गर्न निर्देशन दिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब विदेश जानेहरूको हकमा पिसिआर परीक्षण लेभल(ए प्रयोगशालाबाट मात्र गराउन निर्देशन दिएको जानकारी दिए। 

साथै, परीक्षण गरेपछि प्रयोगशालाहरूले त्यसको जानकारी स्वास्थ्य, पराराष्ट्र, पर्यटन मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्रलाई समेत गराउन भनिएको छ। 

अहिले देशभर ७८ वटा प्रयोगशालामा कोरोनाको पीसीआर परीक्षण हुँदै आएको छ। जसमा ३४ वटा प्रयोगशालालाई लेभेल(ए को मान्यता दिइएको छ। अब यी ३४ वटा प्रयोगशालाले मात्र विदेश जाने व्यक्तिको पीसीआर परीक्षण गर्न पाउने छन्। 

सरकारले पछिल्लो समय प्रयोगशालाबाट परीक्षण गराइ विदेश गएका व्यक्तिहरूको पुनः परीक्षण गर्दा पोजेटिभ नतिजा देखिएको भन्दै परीक्षणमा कडाइ गर्न लागेको हो। 

नेपाल वायुसेवा निगमले स्वीकृति दिएको प्रयोगशालामा परीक्षणपश्चात नेगेटिभ देखिएका व्यक्तिहरूको हङकङ, दुबई र जापानमा पुनः परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts