कर्मचारी समायोजन भई हाजिर भए/नभएका स्वास्थ्यकर्मीका हकमा ५ बुँदे निर्णय

काठमाडौं, ७ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन भई अन्यत्र रमाना लिनु पर्ने र रमाना लिएर हाजिर नभएका स्वास्थ्यकर्मीका हकमा ५ बुँदे निर्णय गरेको छ।
मन्त्रालयको कात्तिक २८ गतेको सचिवस्तरको निर्णय कार्यान्वयनका लागि सबै प्रदेश र स्थानीय तहमा पत्र पठाइएको छ।
मन्त्रालयको निर्णय अनुसार समायोजन भई अन्त्र रमाना लिनु पर्ने स्वास्थ्य सेवाका कर्मचारीलाई हाल कार्यरत कार्यालयबाट कोभिड१९ रोकथाम, नियन्त्रण र उपचारका काममा लगाउनु पर्ने आवश्यकता भएमा कोभिड अवधिभर रमाना नदिई साविक तह तथा कार्यालयमा कामकाज लगाई तलब भत्ता भुक्तानी गर्न, अस्पतालमा कार्यरत अन्यत्र समायोजन भएका स्वास्थ्यकर्मीलाई कोभिड अवधिभर रमाना नदिई साविक अस्पतालमा कामकाज लगाई तलब भत्ता भुक्तानी गर्ने र यसअघि कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि कामकाज गर्न खटाइएका कर्मचारीहरुलाई पूर्ववत कामकाज लगाई तलब भत्ता भुक्ती गर्ने निर्णय गरेको छ।
यस्तै, स्वास्थ्य मन्त्रालयबाट कोभिड१९ को काममा खटिइने कर्मचारीहरुलाई सोही बमोजिम कामकाज लगाई तलब भत्ता भुक्तानी गर्न र प्रदेश तथा स्थानीय तहमा समायोजन भई रमाना लिई आएका स्वास्थ्य सेवाका कर्मचारीलाई सम्बन्धित निकायले अनिवार्य रुपमा हाजिर गराई कामकाज लगाउने निर्णय भएको छ।