पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ७ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ३३, ललितपुरमा १ सय ३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको छ। 

देशभर १ हजार ६ सय ६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख २० हजार ३०८ पुगेको छ। 

२४ घण्टामा ५ हजार ६ सय ९९ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।  

आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार ३ सय २१ जनाको मृत्यु भइसकेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts