कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १३२१ पुग्यो

काठमाडौं, ७ मंसिर । नेपालमा अहिले सम्म १३ सय भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै यो संख्या १ हजार ३ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।