स्वास्थ्य मन्त्रालयलाई २१ दिने अल्टिमेटमसहित १३ वटा पेशागत संघ संगठनले बुझाए मागपत्र



Download our app to get more features

काठमाडौं, ७ मंसिर । स्वास्थ्य सेवासँग आवद्ध विभिन्न १३ वटा पेशागत संघ संगठनले २१ दिने अल्टिमेटमसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १८ वटा माग राखेका छन् ।

कोरोना महामारीमा आफ्नो ज्यानको बाजी थापी अहोरात्र खटिरहेका बेला डाक्टर,नर्स,स्वास्थ्यकर्मी लगायत प्राविधिकहरुको सामान्य सुरक्षामा समेत ध्यान नदिएको भन्दै पेशागत संघसंठनले विभिन्न १८ वटा माग राखेका हुन् ।  

संगठनहरुले २१ दिनभित्र माग पूरा गरी नागरिकप्रति आफ्नो दायित्व निर्वाह गर्न सरकारलाई आग्रह गरेका छन्। अन्यथा भविष्यमा आउने समस्याको जवाफदेही नेपाल सरकार हुनुपर्ने संगठनहरुको ज्ञापनपत्रमा उल्लेख छ।
कोरोना लगायत नागरिकको अन्य जटिल रोगको सम्पूर्ण उपचार राज्यले निःशुल्क गर्नुपर्ने, आइसियुर भेन्टिलेटर लगायत उपकरणको संख्या बढाउनुपर्ने, कोरोनाको परीक्षण,उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई दिइने भनिएको जोखिमभत्ता,बीमा लगायतका सुविधा सहज तरिकाले उपलब्ध गराउनुपर्ने,निश्चित मापदण्डका आधारमा सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टिन,आइसोलेसन र बिदाको व्यवस्था हुनुपर्ने लगायतका माग आफुहरुको रहेको संयुक्त स्वास्थ्य पेसागत र ट्रेड युनियनका सदस्यसचिव माइकल देवकोटाले हाम्रो डाक्टर न्युजसँगको कुराकानीमा बताए । 


 

Last modified on 2020-11-22 15:14:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts