धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

धरान, ७ मंसिर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाहुनडगी– ४, झापाका ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो।
उपचारका क्रममा आइतबार बिहान १ बजे उनको मृत्यु भएको अस्पताले जानकारी दिएको छ।
उनी मंसिर २ गते अस्पतालमा भर्ना भएका थिए। अस्पतालका अनुसार उनको मंसिर १ गते कोरोना पोजेटिभ आएको थियो।