भक्तपुर क्यान्सर अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा बन्द,अस्पतालका सबै कर्मचारी आन्दोलनमा

भक्तपुर, ६ मंसिर । भक्क्तपुर क्यान्सर अस्पतालका कर्मचारीले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएका छन् ।
अस्पतालका कर्मचारी आइतबारदेखि फेरि आन्दोलनमा उत्रिएका कारण अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएका हुन् ।
अहिले कार्यरत कर्मचारी आफूहरूलाई हटाउने संकेत पाएको भन्दै आन्दोलनमा उत्रिएका अस्पतालमा कार्यरत डाक्टर रोशन प्रजापतिले बताए ।
' हिजो सम्मको सबै कुरा मिलेको थियो तर आज आएर मन्त्रालयलले सबै कमचारी करारमा हुने भनेर पत्रमा थपेर पठायो, त्यसैले आन्दोन गर्न बाध्य भयौं, उनले भने ।
अहिले कर्मचारी कल्णणकारी संघका अध्यक्ष शिवराम धुख्वा र मेडिकल डाईरेक्टर नारायण श्रेष्ठ सरकारसँग छलफलमा रहेको पनि डा. प्रजापतिले बताए । उनले भने, 'यदि आज सहमति भएन भने भोलिदेखि आकस्मिक सेवा पनि बन्द गछौं, ।'
सामुदायिक स्तरमा चलिरहेको यो अस्पताललाई अब सरकारीकरण गरिएको छ । सरकारीकरण भएपछि अब त्यहाँ सरकारले आफ्नै प्रक्रियाबाट स्थायी कर्मचारी नियुक्त गर्नेछ। विगत २२ वर्ष देखि क्रियाशिल रहेका दुई सय ८० जना स्थायी तथा अस्थायी कर्मचारी छन्।
गएको कार्तिक २४ गते बसेको मन्त्रीपरिसद्को बैठकले भक्तपुर क्यान्सर अस्पताललाई सरकारी अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको छ। हाल नेपाल अर्बुद्ध रोग निवारण संस्थाका नाममा अस्पताल सञ्चालन रहेको छ।
अस्पतालमा ५५ जना चिकित्सक, ९८ जना नर्स र ६३ कर्मचारी गरी २१५ स्थायी कर्मचारी रहेका छन्। त्यसैगरी, अन्य ६४ अस्थायी सहित दुई सय ८० जना कर्मचारीहरु क्रियाशिल रहेका छन।