कोरोना संक्रमणको कारण स्वास्थ्यकर्मी गौरीशंकर देवको निधन



Download our app to get more features

सिरहा, ६ मंसिर । कोरोना संक्रमणका कारण उपचाररत स्वास्थ्यकर्मी गौरीशंकर देवको निधन भएको छ।

सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यरत जनस्वास्थ्य अधिकृत देवको शनिबार राती १०:४० बजे विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। ५४ वर्षीय उनलाई १७ दिन अघि कोरोना पोजिटिभ देखिएको थियो। 

कोरोना पोजिटिभ देखिएपछि उनको स्वास्थ्य गम्भीर भएको थियो। उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो।

विगत ३० वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत देवको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणिय क्षति पुगेको नेपाल स्वास्थ्यकर्मी युनियनले जनाएको छ।

Last modified on 2020-11-22 08:29:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts