सेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीलाई कोरोना संक्रमण

धनगढी, ६ मंसिर । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार भएको परीक्षणमा उनीमा कोरोना पुष्टि भएको हो ।
आफुलाई मंसीर १ गतेदेखि रुघाखोकी लागिरहेकोमा कोराना परीक्षण गर्दा आज संक्रमण देखिएको अध्यक्ष जोशीले बताए ।
अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेशनमा बसिरहेको उनले बताए ।