काठमाडौं उपत्यकामा ८ सय ९९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ६ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ३ सय ८७ जना महिला र ५ सय १२ जना पुरुष रहेकाछन् ।
काठमाडौंमा ६ सय ८५ जना, ललितपुरमा १ सय ६५ जना र भक्तपुरमा ४९ जनामा संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा ८२ हजार २ सय ७३, ललितपुरमा १२ हजार १ सय १३ र भक्तपुरमा ७ हजार ३ सय ८५ जना संक्रमित भएका छन्।
जसमध्ये काठमाडौंमा ३ सय १६, भक्तपुरमा ८४ र ललितपुरमा ९० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा ७१ हजार ५ सय ९१, ललितपुरमा ९ हजार ६ सय ३१ र भक्तपुरमा ६ हजार ४ सय ७० जना संक्रमित निको भएका छन्।
आज देशभर ८ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।