देशभर १६७४ जना कोरोना  संक्रमित थपिए, ७ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, ६ मंसिर । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८ हजार १ सय ४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले सम्म १ लाख ९३ हजार ३ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् ।

Last modified on 2020-11-21 16:35:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts