देशभर १९ हजार १४ जना कोरोना संक्रमित होम आइसोलेसनमा 



Download our app to get more features

काठमाडौं, ५ मंसिर । देशभर १९ हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्। 

शुक्रबार २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमितमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ११ हजार ३ सय ६२ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा २ हजार ६ सय १२, प्रदेश २ मा ६ सय ५८, लुम्बिनी प्रदेशमा १ हजार ४ सय ७०, सुदूरपश्चिम प्रदेशमा ६ सय ७७, गण्डकी प्रदेशमा २ हजार १ सय २० र कर्णाली प्रदेशमा १ सय १५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts