काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो
पछिल्लो २४ घण्टामा ११०७ संक्रमित थपिए

काठमाडौं, ५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै संक्रमितको एक लाख नाघेको छ। काठमाडौं उपत्यकामा हालसम्म एक लाख ८ सय ७२ जना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय ६३, ललितपुरमा १ सय ७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै काठमाडौंमा ८१ हजार ५ सय ८८, ललितपुरमा ११ हजार ९ सय ४८ र भक्तपुरमा ७ हजार ३ सय ३६ जना संक्रमित भएका छन्। जसमध्ये काठमाडौंमा ३ सय १६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा ७१ हजार ५ सय ९१, ललितपुरमा ९ हजार ६ सय ३१ र भक्तपुरमा ६ हजार ४ सय ७० जना संक्रमित निको भएका छन्।
देशभर १ हजार ९ सय ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ।
२४ घण्टामा ५ हजार ३६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ९१हजार २ पुगेको छ।
आज देशभर २४ हजार ६५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म १ हजार २९८ जनाको मृत्यु भइसकेको छ।