पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप चार संक्रमितको मृत्यु

पोखरा, ५ मंसिर । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत थप चाजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने संक्रमित सबै पोखरा महानगरका रहेको प्रतिष्ठानका निर्देशक सह प्रध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।
पोखरामहनगरपालिका ९ का ६८ वर्षीय पुरुषको बिहीबार रातको ११ बजे मृत्यु भएको हो । उनलाई मधुमेहको समस्या रहेको थियो ।
पोखरा महानगरपालिका २१ का ७५ वर्षीय पुरुषको बिहीबार रातको ११:२० मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई निमोनिया भएको थियो ।
पोखरा माहनगरपालिका १७ का २९ वर्षीय पुरुषको आज बिहान १२:३० बजेको मृत्यु भएको हो । उनलाई पनि निमोनिया भएको डा. आचार्यले जानकारी दिए ।
यस्तै, पोखरा महानगरपालिका १३ का ५५ वर्षीय पुरुषको आज बिहान सवा चार बजे मृत्यु भएको हो । उनलाई निमोनिय, मधुमेह तथा मृगौलाको समस्या थियो ।