विषाक्त रसायन भेटिएपछि ६ वटा ह्यान्ड स्यानिटाईजरको बिक्री वितरणमा प्रतिबन्ध



Download our app to get more features

काठमाडौं, ५ मंसिर ।  औषधि व्यवस्था विभागले थप ६ वटा स्यानिटाइजरको बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । स्यानिटाइजरमा विषाक्त रसायन मिथानेल भेटिएपछि विभागले प्रतिबन्ध लगाएको हो । 

'इन्स्टायान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६' विपरीत मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त रसायन मिथानेल राखिएको र प्रतिबन्ध लगाइएका स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण रोक्न विभागले सरोकारवालाहरूलाई आग्रह गरेको छ । 
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सुनसरीका २, विराटनगरका तीन र ललितपुरका १ गरी ६ वटा उद्योगले ह्याण्ड सेनिटाइजरमा मेथानोल मिसाएको पाइएको हो।

सीता हर्बल प्रोडक्ट नर्सिङ सुनसरी नेपालको क्लिनिक ह्याण्ड हर्बल ह्याण्ड सेनिटाइजर ५० एमएल र ५ सय एमएल, मकालु जडिबुटी प्रो। प्राइभेट लिमिटेड लक्ष्मी सडा धरान सुनसरीको सेफ ह्याण्ड हर्बल ह्याण्ड सेनिटाइजरमा मेथानोल पाइएको विभागले जनाएको छ।

यस्तै, सुनिमा आयुर्वेद कम्पनी प्राइभेट लिमिटेड विराटनगरको सुनिमा ह्याण्ड सेनिटाइजर, एमके हर्ब इन्डस्ट्री ललितपुरको भिउज ह्याण्ड सेनिटाइजर र ग्यालक्सी डेन्टल एण्ड सर्जिकल प्रा।लि विराटनगर मोरङको ह्याण्ड सेनिटाइजरमा मेथानोल पाइएको छ।

मेथानोल विषाक्तताका कारण वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहन्छ। यसका साथै मेथानोलले छालामा समेत गम्भीर असर पुर्‍याउने, स्नायु प्रणालीमा असर गर्ने लगायतका समस्या हुन्छ।

Last modified on 2020-11-20 12:18:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts