धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

धरान, ५ मंसिर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सप्तरी बोडे बर्साइन ३ की ७१ वर्षीया महिला संक्रमितको बिहीबार राति साढे ८ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
हिजो नै अस्पतालमा भर्ना भएको उनलाई स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
Last modified on 2020-11-20 10:57:14