अछाममा स्वाब संकलन नहुँदा ३ दिनदेखि कोरोना परीक्षण रोकियो

अछाम, ४ मंसिर । अछामको एकमात्र कोरोना प्रयोगशालामा विगत ३ दिनदेखि स्वाब संकलन नहुँदा परीक्षण रोकिएको छ ।
कमलबजार नगरपालिकाले स्थापना गरेको प्रयोगशाालामा स्थानीय तहहरुले स्वाब संकलन गरी नपठाउँदा परीक्षण रोकिएको हो । कुनैबेला २४ घण्टामा १ सय २८ जनाको परीक्षण गरेको प्रयोगशालामा विगत ३ दिनदेखि स्वाब नँहुदा परीक्षण ठप्प भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बातए ।
परीक्षणका लागि स्वाब संकलन हुन छाडेकाले प्रयोगशालामा कार्यरत स्वास्थकर्मीहरु समेत फुर्सदिला बनेका छन् । स्वाव नै संकलन नभएपछि जिल्लामा कोरोनाको जोखिम बढ्दै गएको अधिकारीहरु बताउँछन् ।