काठमाडौं उपत्यकामा १२२९ जना कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, ४ मंसिर ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २ सय २९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९ सय ६५, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ७५ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

हालसम्म काठमाडौंमा ८० हजार ७ सय २६, ललितपुरमा ११ हजार ७ सय ७४ र भक्तपुरमा ७ हजार २ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

उपत्यकामा हालसम्म काठमाडौंमा ३ सय १२, भक्तपुरमा ८१ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २०  पुगेको छ। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts