देशभर २१०३ जना कोरोना संक्रमित थपिए
कुल संक्रमितको संख्या २ लाख १५ हजार नाघ्यो

काठमाडौं, ४ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २७६जना संक्रमितको मृत्यु भइसकेको छ।
Last modified on 2020-11-19 16:42:37