डडेल्धुराको गन्यापधुरामा सुपथ मुल्य फार्मेसी सञ्चालन



Download our app to get more features

 डडेल्धुरा, ४ मंसिर । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा सुपथ मुल्य फार्मेसी सञ्चालनमा ल्याइएको छ । गाउँपालिको सदरमुकाम गणेशपुरको गणेशपुर स्वास्थ्य चौकीमा सुपथ मुल्य फार्मेसी सञ्चालन ल्याइएको हो ।

स्वास्थ्य चौकीमा पाइने निःशुल्क बाहेकका औषधि गाउँमा नपाइने भएपछि फार्मेसी सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए । विशेषगरी दिर्घ रोगी तथा नियमित औषधि सेवन गर्नेहरुलाई लक्षित गरेर यसै आर्थिक वर्षमा फार्मेसी स्थापना गरेको उनले बताए । ‘फार्मेसीमा तोकिए अनुसारको मुल्यभन्दा सस्तोमा औषधि बिक्री हुने गरेको छ’ उनले भने, ‘फार्मेसी सञ्चालनमा आइसकेपछि अब गाउँलेहरुले औषधि किन्न गाडी चडेर सदरमुकाम जानुपर्ने बाध्यता रहेन ।’ यसअघि औषधि किन्न मात्रै स्थानीयले गाडी भाडा र खानानास्ता गरी १ हजार बढी फाल्तु खर्च गर्नुपर्ने बाध्यता रहेको थियो ।

साथै औषधि किन्न जिल्ला सदरमुकाम जानुपर्दा एक दिनको समय बर्बाद हुने भएकाले त्यो समय पनि बचत भएको स्थानीयले बताएका छन् । अहिले गाउँपालिकाले अभ्यासको लागि एक स्थानमा फार्मेसी सञ्चालन गरिरहेकोमा आगामी दिनमा अन्य स्थानबाट पनि सुपथ मुल्यमा औषधि उपलब्ध गराउने जनाइएको छ ।

 

Last modified on 2020-11-19 16:01:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts