बुटवलमा गुल्मीका एक कोरोना संक्रमितको मृत्यु 



Download our app to get more features

रुपन्देही, ४ मंसिर । बुटवल कोरोना विशेष अस्थायी अस्पताल गुल्मीका थप एक संक्रमितको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोही दिन अस्पताल भर्ना भएका थिए । उनको बुधबार राति १२ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १० पुगेको छ । लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २ सय ४० पुगेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts