सरकारी अस्पतालमा निशुल्क कोरोनाको परीक्षण नगरे कारबाही हुने



Download our app to get more features

काठमाडौं, ४ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार तथा परीक्षण निशुल्क नगरे सरकारी अस्पताललाई कारबाही गर्ने भएको छ।

बुधबार एक सूचना जारी गर्दै मन्त्रालय मातहतको स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रले सूचीकृत कोरोना अस्पतालले निशुल्क उपचार गर्नुपर्ने र सो अनुसार नगरे कारबाही गरिने स्पष्ट पारेको हो। 

कोरोनाको लक्षण भएकाहरूको उपचार निशुल्क गर्ने र बिमा गराएकाहरूका हकमा भने बिमा रकमबाट काटिने गरी व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट पारेको छ। कोरोनाको उपचार गर्न सामर्थ्य हुनेहरूले भने उपचार र परीक्षण रकम योगदान गर्न सक्नेसमेत मन्त्रालयले जनाएको छ। 

केन्द्रले यसअघि नै निशुल्क उपचार गर्न भन्दै सबै कोभिड अस्तपाललाई पत्राचारसमेत गरेको थियो। तर धेरैजसो सरकारी अस्तपालले नै कोरोनाको उपचार तथा परीक्षणमा शुल्क असुल्न छोडेका छैनन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts