कोरोनाको खोप सहज बनाउन (तेस्रो संशोधन) अध्यादेश’ जारी

काठमाडौं, ३ मंसिर । कोरोनाविरुद्धको खोप उपलब्धता सहज बनाउन लगायतका व्यवस्था गर्न मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश जारी भएको छ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले यो अध्यादेश जारी गरेकी हुन्।
नेपालको संविधानको धारा १ सय १४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘आज मिति २०७७ साल मंसिर ३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७’ जारी गर्नुभएको छ।’