काठमाडौं उपत्यकामा १ हजार ३८ जना नयाँ संक्रमित थपिए

देशभर देखिएको कुल संक्रमणको ७२ प्रतिशत संक्रमित उपत्यकामा



Download our app to get more features

काठमाडौं, ३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय २२ , ललितपुरमा १ सय ६८ र भक्तपुरमा ४८ जनालाई  कोरोना संक्रमण देखिएको छ। 

देशभर २ हजार ८ सय १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ। 

२४ घण्टामा ३ हजार ५ सय ३८ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ लाख ८२ हजार हजार ७ सय ८० पुगेको छ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts