देशभर १४४२ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ३ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० पुगेको छ।
आज देशभर २८ हजार ८ सय ७८ जना सक्रिय संक्रमित छन्। आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २ सय ५९ जना संक्रमितको मृत्यु भइसकेको छ।
देशभर आज ६ हजार ७ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ।