स्वाब संकलन नभएपछि सेती अस्पताल प्रयोगशालामा कोरोना परीक्षण भएन



Download our app to get more features

 धनगढी, ३ मंसिर । नमूना संकलन नभएपछि सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कोरोना परीक्षण हुन सकेको छैन् ।

तिहारका बेला समेत परीक्षण नरोकेको अस्पतालमा आज भने नमूना संकलन नै नभएपछि परीक्षण नभएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा कोरोना परीक्षण हुन नसकेको बताए ।

उनले पीसीआर मेसिन सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम ९७ वटा नमूना समेत संकलन नभएपछि परीक्षण हुन नसकेको जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts