जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना मुक्त, अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २ मंसिर । कोरोना भाइरसको संक्रमण देखिएका पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन्।
लामो समयदेखि विभिन्न रोगसँग जुध्दै आएका केसीमा केही एक हप्ताअघि कोरोना संक्रमण देखिएको थियो। निमोनिया समेत देखिएका केसीको मेडिसिटी अस्पतालमा उपचार भएको थियो। मंगलबार भने केसी संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन्।
केसी डिस्चार्ज भएपनि उनलाई पूर्ण रुपमा रिकभर हुन अझै केही समय लाग्ने बताइएको छ। केसीको उपचार खर्चका लागि पार्टीले सार्वजनिक अपिल गरेपछि सरकारले उनको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो।
Last modified on 2020-11-17 21:44:14