देशभर २८ हजार २०७ जना कोरोना संक्रमित होम आइसोलेसनमा



Download our app to get more features

काठमाडौं, २ मंसिर ।  देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

मंगलबार ३० हजार ९ सय ८६ जना सक्रिय संक्रमितमध्ये २८ हजार २ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ३५ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा ३ हजार ४ सय २, प्रदेश २ मा ६ सय ८४, लुम्बिनी प्रदेशमा २ हजार २ सय ३, सुदूरपश्चिम प्रदेशमा १ हजार ५, गण्डकी प्रदेशमा १ हजार ९ सय ६५ र कर्णाली प्रदेशमा २ सय १३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts