देशभर ३५६ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

काठमाडौं, २ मंसिर । देशभर ३ सय ५६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०३ जना आइसियु र २२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियु र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १६ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७८ आइसियु र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ जना आइसियु उपचाररत रहेका छन्।